सामसुङ नेपालद्वारा एआई-सञ्चालित नयाँ स्मार्टफोनको टिजर सार्वजनिक
काठमाडौं : सामसुङले स्मार्टफोन प्रयोगको अनुभवलाई पूर्णतः परिवर्तन गर्ने गरी नयाँ ‘एआई-ड्रिभन’ टिजर सार्वजनिक गरेको छ।
कम्पनीले आधिकारिक विवरणहरू गोप्य राखे पनि टिजरहरूले नाइटोग्राफी फिचरमा थप अपग्रेड र अन-डिभाइस एआईद्वारा सञ्चालित इन्टेलिजेन्ट डिस्प्ले प्रविधिलाई मुख्य केन्द्रमा राखेको छ।
यस प्रविधिले प्रयोगकर्ताको आवश्यकता र परिस्थितिअनुसार स्क्रिनको कन्टेन्टलाई रियल-टाइममा अनुकूलन गर्ने सामसङको दाबी छ।
यसपटक सामसुङले 'अन-स्क्रिन प्राइभेसी' मा नयाँ फड्को मार्ने देखिएको छ। एआईको प्रयोग गरी डिजाइन गरिएको 'प्राइभेसी लेयर' ले प्रयोगकर्ताको गोपनीयतालाई अझ सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
ग्यालेक्सी फ्ल्यागसिप सिरिजको सफलतापछि सामसुङले दैनिक मोबाइल प्रयोगलाई अझ स्मार्ट र सहज बनाउन यो नयाँ 'इन्टेलिजेन्सको तह' चाँडै सार्वजनिक गर्ने तयारी गरेको छ।
माघ २७, २०८२ मंगलबार १२:१७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।