पुराना ग्राहकलाई विशेष उपहार दिने ह्युन्डाईको घोषणा

पुराना ग्राहकलाई विशेष उपहार दिने ह्युन्डाईको घोषणा

काठमाडौं : नेपालमा ह्युन्डाई स्यान्रो गाडी भित्रिएको २५ वर्ष पूरा भएको छ। सन् १९९९ मा ह्युन्डाई इन्डियाले आफ्नो पहिलो मोडेलका रूपमा उत्पादन सुरु गरेको स्यान्रोको पहिलो निर्यात बजार नेपाल थियो।

ह्युन्डाईका अनुसार स्यान्रोले नेपाली बजारमा साना गाडी (ह्याचब्याक) प्रतिको बुझाइ परिवर्तन गर्न र ब्रान्डको विश्वास स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

ह्युन्डाई नेपालले सन् २००० मोडेलका स्यान्रो प्रयोगकर्ताहरूलाई कम्पनीसँग सम्पर्क गर्न अनुरोध गरेको छ। ह्युन्डाई इन्डिया र ह्युन्डाई नेपालको सहकार्यमा सञ्चालित यस योजना अन्तर्गत सम्पर्कमा आउनेमध्ये छनोटमा परेका ग्राहकलाई विशेष उपहार (सरप्राइज) प्रदान गरिने कम्पनीले जनाएको छ। 

माघ २६, २०८२ सोमबार १८:४२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।