जेनजी आन्दोलन - जाँचबुझ आयोगको म्याद २५ दिन थपियाे
काठमाडौं : सरकारले जेनजी आन्दोलनका घटना छानबिनका लागि गठन गरेको जाँचबुझ आयोगको म्याद थप गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगलाई उक्त घटनाको जाँचबुझ गरी प्रतिवेदन बुझाउन २५ दिन थप गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको जानकारी दिए।
उनले भने, "भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि २५ दिन थप गर्ने निर्णय भएको छ।"
सरकारले गत असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।
माघ २६, २०८२ सोमबार १८:१८:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।