सोमबार २६ अङ्कले घट्यो नेप्से
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ दशमलव ०५ अङ्कले घटेर दुई हजार ६७२ दशमलव ३९ को बिन्दुमा कायम भयो।
सोमबार विभिन्न ३२४ कम्पनीको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर एक लाख दुई हजार २८१ पटक खरिदबिक्री हुँदा १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
सोमबारको कारोबारमा व्यापार समूह शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। दुई सय १२ कम्पनीको सेयर मूल्य घट्दा ४२ को मात्रै बढेको छ।
खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सोमबार सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ५ दशमलव ४० प्रतिशतले घटेको छ।
माघ २६, २०८२ सोमबार १६:३३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।