मतदातालाई प्रभावित पार्ने गतिविधि नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंको चेतावनी

मतदातालाई प्रभावित पार्ने गतिविधि नगर्न जिल्ला निर्वाचन कार्यालय काठमाडौंको चेतावनी

काठमाडौं : मतदातालाई प्रभावित पार्ने कुनै पनि कार्य नगर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई जिल्ला निर्वाचन कार्यालय काठमाडौंले सचेत गराएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लंघन हुने कार्य नगर्न निर्वाचन कार्यालयले सचेत गराएको हो।

त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघि मात्रै निर्वाचन प्रचार प्रसार गर्न पाउने व्यवस्थाप्रति पनि ध्यान दिन कार्यालयले अनुरोध गरेको छ। स अवधिभन्दा अघि कुनै पनि जुलुस, आमसभा वा कोणसभा र घरदैलो पनि नगर्न आग्रह गरिएको छ। 

मतदातालाई प्रभावित पार्ने यस्ता कार्य गरिएको खण्डमा कानून अनुसार कारबाही गरिने पनि सुचनामा उल्लेख गरेकाे छ।

माघ २४, २०८२ शनिबार १८:१५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।