कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने भएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले शनिबार विज्ञप्ति जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान साढे ८ बजे बस्ने जानकारी दिए। 

बैठकमा कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका-२०८२, कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका-२०८२ र केन्द्रीय अनुशासन समिति गठन गर्ने विषयमा छलफल हुने बताइएको छ।

माघ २४, २०८२ शनिबार १४:३१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।