ट्रकको ठक्करबाट भरतपुरमा एक जनाको मृत्यु
चितवन) : भरतपुर महानगरपालिका-१६ छाहारी चोक नजिक मिनी ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१६ का २८ वर्षीय कुलबहादुर मगरको मृत्यु भएको हो।
शुक्रबार साँझ ना६ख ६३१६ नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना३१प २११४ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका निजको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
माघ २४, २०८२ शनिबार १२:३२:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।