माघ २५ देखि सुजुकीको देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’
काठमाडौं : नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले माघ २५ देखि २७ गतेसम्म देशव्यापी ‘विन्टर फ्री सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ।
जाडो मौसममा सवारी साधनमा आउन सक्ने प्राविधिक समस्यालाई मध्यनजर गर्दै कम्पनीले क्याम्प सञ्चालन गर्न लागेको हो।
तीन दिने क्याम्पमा सुजुकीका ग्राहकले आफ्नो गाडीको निःशुल्क जाँच गराउन पाउनेछन्। शिविरअन्तर्गत एसी, हिटर, ब्याट्री र एसडीटीको निःशुल्क परीक्षण गरिनेछ। यस्तै, गाडीको ओभरअल चेक-अपका साथै लेबर चार्जमा २० प्रतिशत र स्पेयर पाट्र्स तथा इन्जिन आयलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
क्याम्पमा सहभागी हुनेमध्ये ८ जोडीले गोलाप्रथा मार्फत नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ‘स्टेकेसन प्याकेज’ जित्ने मौका पाउनेछन्।
चिसोका कारण गाडीको कार्यक्षमतामा ह्रास आउन नदिन र सुरक्षित यात्रा सुनिश्चित गर्न विशेषज्ञको सल्लाह समेत उपलब्ध हुने यस क्याम्प सुजुकीका देशभर रहेका ५४ वटै सर्भिस आउटलेटहरूमा सञ्चालन हुनेछ।
माघ २३, २०८२ शुक्रबार १९:३०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।