नेपालमा भित्रिए 'मापिसा'का उत्पादन

नेपालमा भित्रिए 'मापिसा'का उत्पादन

काठमाडौं : काठमाडौंमा जारी एघारौं ‘नेपाल विल्डकर्न इन्टरनेशनल एक्स्पो’मार्फत भारतीय कन्स्ट्रसन केमिकल ब्राण्ड ‘मापिसा’ले नेपाली बजारमा आफ्ना उत्पादनको बिक्री सुरु गरेको छ।

भारतको शिवाज सुन्दरम इण्डष्ट्रिजद्वारा उत्पादित यस ब्राण्डलाई श्री शुभम इन्टरनेशनलले नेपाल भित्र्याएको हो।

कम्पनीका अनुसार नेपाली बजारमा पोलिमर मोडिफाइड एडिसिभ, इपक्सी, ब्लक जोइन्ट मोटार, रेडिमिक्स प्लास्टर, टायल्स क्लिनर र एसबिआर ल्याटेक्स लिक्वीड जस्ता उत्पादनहरू उपलब्ध हुनेछन्। यी उत्पादनहरू घरको टायल्स, मार्बल, ग्रेनाइट तथा मोजाइक जडानका लागि प्रयोग गरिन्छ।

मापिसाका उत्पादनहरू फलाम, काठ र स्टिल स्ट्रक्चरमा समेत प्रयोग गर्न सकिने र नेपालको मौसमी विविधतामा संकुचन नआउने (Non-shrinkable) विशेषता रहेको आधिकारिक बिक्रेताले जनाएको छ। साथै, यी सामग्रीहरू सिपेज नियन्त्रणका लागि पनि उपयुक्त मानिएका छन्।

विश्वका २५ भन्दा बढी देशमा उपलब्ध यस ब्राण्डले हाल नेपालभर डिलर सञ्जाल विस्तार गर्ने र हार्डवेयर पसलहरूमार्फत आफ्ना उत्पादन उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको छ।

माघ २३, २०८२ शुक्रबार १९:१२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।