भृकुटीमण्डपमा 'नेपाल बिल्डकन' प्रदर्शनी

भृकुटीमण्डपमा 'नेपाल बिल्डकन' प्रदर्शनी

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि ११औँ 'नेपाल बिल्डकन' अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ। निर्माण क्षेत्रको विकास र आधुनिक प्रविधि भित्र्याउने उद्देश्यले आयोजित प्रदर्शनी आगामी माघ २५ गतेसम्म चल्नेछ।

मिडिया स्पेस सोलुसन्स र फ्युचर एक्स ट्रेड फेयरको संयुक्त आयोजनामा भएको मेलामा ३०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्डहरूको सहभागिता रहेको छ। प्रदर्शनीमा २०० भन्दा बढी स्टलमार्फत निर्माण सामग्री, आर्किटेक्चरल हार्डवेयर, टायल, सेनेटरी वेयर र आधुनिक निर्माण प्रविधिहरू प्रदर्शन गरिएका छन्।

विशेषगरी निर्माण व्यवसायी, इन्जिनियर र आर्किटेक्टहरूलाई लक्षित गरिएको प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन र नयाँ प्रविधिको आदानप्रदानमा सहयोग पुग्ने आयोजकको विश्वास छ। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ।

माघ २३, २०८२ शुक्रबार १६:०२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।