टी-२० विश्वकप २०२६ : नेपाली क्रिकेटबारे जानकार एन्ड्रयू र विशपसहितको कमेन्ट्री प्यानल सार्वजनिक

टी-२० विश्वकप २०२६ : नेपाली क्रिकेटबारे जानकार एन्ड्रयू र विशपसहितको कमेन्ट्री प्यानल सार्वजनिक

एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भारत र श्रीलंकामा भोलिबाट सुरू हुने आईसीसी पुरुष टी-२० विश्वकपका लागि कमेन्टेटरहरूको सूची सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको सूचीमा पूर्व क्रिकेट दिग्गजदेखि वर्तमान समयका चर्चित खेलाडीहरूको बाहुल्यता रहेको छ। आईसीसीका अनुसार रवि शास्त्री, नासिर हुसैन, इयन स्मिथ र इयन बिसपले कमेन्ट्री प्यानलको नेतृत्व गर्नेछन्।

कमेन्ट्री बक्समा विश्वकप विजेता खेलाडीहरू आरोन फिन्च, दिनेश कार्तिक, कुमार सङ्गाकारा, स्यामुएल बद्री, रबिन उथप्पा, कार्लोस ब्रेथवेट र इयोन मोर्गन जस्ता ख्यातिप्राप्त नामहरू रहनेछन्।

साथै, वसिम अक्रम, सुनिल गावस्कर, म्याथ्यु हेडेन, रमिज राजा, डेल स्टेन, माइकल आथर्टन, वकार युनिस, साइमन डुल र शन पोलक जस्ता हस्तीहरू पनि टोलीमा समावेश छन्।

यसपटकको कमेन्ट्री प्यानलमा बहालवाला खेलाडीहरू पनि सुनिनेछन्। विश्व टेस्ट च्याम्पियनसिप विजेता कप्तान टेम्बा बाभुमा र सन् २०१४ का टी-२० विश्वकप विजेता एन्जेलो म्याथ्युजले पनि खेलको दौरान आफ्नो आवाज दिनेछन्।

५५ वटा खेल हुने यस प्रतियोगिताको फाइनल मार्च ८ मा हुनेछ। प्रसारणका क्रममा खेलअघिको विश्लेषण, इनिङ्स ब्रेक र खेलपछिको समीक्षालाई विशेष प्राथमिकता दिइने आईसीसीले जनाएको छ।

यसका अलावा नेपाली क्रिकेटबारे जानकार एन्ड्रयू नियोनार्डसहित केटी मार्टिन, हर्षा भोगले, एम्पुमेलेलो म्बाङ्ग्वा, नताली जर्मनोस, ड्यानी मोरिसन, एलन विल्किन्स पनि कमेन्ट्री प्यानलमा छन्।

साथै इयन वार्ड, मार्क होवार्ड, निक नाइट, अतहर अली खान, कास नाइडू, बाजिद खान, रौनक कपुर, नियल ओ'ब्रायन, प्रेस्टन मोमसेन, एन्ड्रिउ लियोनार्ड, रसेल आर्नोल्ड र रोशन अबेसिंगे पनि कमेन्ट्री प्यानलमा रहनेछन्।

माघ २३, २०८२ शुक्रबार १२:२६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।