सुनको मूल्य ४ हजार २०० ले घट्यो

सुनको मूल्य ४ हजार २०० ले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार दुवै बहुमूल्य धातुको मूल्य ओरालो लागेको हो।

आजको बजार भाउ महासङ्घले तोकेको नयाँ मूल्यअनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार मा कारोबार भइरहेको छ।

बिहीबारको तुलनामा यो प्रतितोला रु चार हजार २०० को गिरावट हो। हिजो सुनको मूल्य रु दुई लाख ९५ हजार २०० कायम थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला रु चार हजार ७१० मा बिक्री भइरहेको छ, जुन बिहीबारको तुलनामा रु २७० ले कम हो।

हिजो चाँदी प्रतितोला रु चार हजार ९८० मा कारोबार भएको थियो।

गत बुधबार सुन र चाँदी दुवैले उच्च मूल्य कायम गरेकोमा त्यसपछिका दुई दिन लगातार मूल्य घट्ने क्रम जारी छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावअन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा पनि सुनचाँदीको मूल्यमा गिरावट देखिएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ८२८ अमेरिकी डलर र सेतो धातु (चाँदी) ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

माघ २३, २०८२ शुक्रबार ११:०८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।