नेपाल लाइफद्वारा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

नेपाल लाइफद्वारा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ सार्वजनिक

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा ‘सुपर टर्म लाइफ इन्स्योरेन्स’ शीर्षकको म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको छ।

अप्रत्याशित घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले ल्याइएको यो योजनाले न्यून प्रिमियममा उच्च बीमा सुरक्षा उपलब्ध गराउनेछ।

विशेषगरी सीमित आम्दानी भएका तथा पहिलो पटक जीवन बीमा लिन चाहनेका लागि यो योजना उपयोगी हुने अपेक्षा गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सहज, सुलभ र किफायती भएकाले सबै वर्गका नागरिकलाई जीवन बीमाको पहुँचमा ल्याउने बताए।

योजनाका मुख्य विशेषताहरू:
प्रिमियम: वार्षिक रु. ७२५ देखि
बीमा रकम: रु. ५ लाखदेखि रु. २० लाखसम्म
उमेर सीमा: १८ देखि ६० वर्ष
अवधि: १ वर्षे टर्म लाइफ इन्स्योरेन्स
कभरेज: आकस्मिक मृत्यु र दुर्घटनामा मृत्यु दुवै

ग्राहकहरूले यो बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सक्नेछन् र पोलिसी तुरुन्तै इमेलमार्फत प्राप्त हुनेछ।

माघ २२, २०८२ बिहीबार १२:५०:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।