एन आई सी एशिया बैंकद्वारा ७५ जना विद्यार्थीलाई सहयोग
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातवटै प्रदेशका सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत ७५ जना जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले काठमाडौं उपत्यका बाहिरका सरकारी तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गता भएका विद्यार्थीहरूबाट प्राप्त आवेदनमध्ये छनौट गरी छात्रवृत्ति वितरण गरेको हो।
यस कार्यक्रममा सातवटै प्रदेशबाट विद्यार्थीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिएको बैंकले जनाएको छ।
विगतका वर्षहरूमा पनि बैंकले यस्तै छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै, सातवटै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा पुस्तकालय भवन निर्माण र पुस्तकालय स्थापना पनि गरिसकेको छ।
यस छात्रवृत्तिले विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार, व्यक्तित्व विकास र अध्ययनमा निरन्तरता कायम राख्न सहयोग पुग्ने बैंकको विश्वास रहेको छ।
माघ २२, २०८२ बिहीबार १२:४४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।