नेपाल लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’

नेपाल लाइफ इन्स्योरेन्सलाई ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले 'द एचआरएम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स २०२५' प्राप्त गरेको छ। कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा कम्पनीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो।

वित्तीय विवरण, सुशासन, दाबी भुक्तानी, डिजिटल रूपान्तरण र संस्थागत सामाजिक उत्तरदायित्व लगायतका मापदण्डका आधारमा नेपाल लाइफलाई यो सम्मान प्रदान गरिएको हो।

काठमाडौंमा आयोजित समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त सम्मान ग्रहण गरेका थिए।

सम्मानित भएपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस सफलताको श्रेय सञ्चालक समिति, कर्मचारी, अभिकर्ता, नियामक निकाय, लगानीकर्ता र ग्राहकहरूलाई दिँदै आगामी दिनमा जीवन बीमाको महत्वबारे समाजलाई थप जागृत गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

माघ २१, २०८२ बुधबार ११:२५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।