ललितपुरमा पेस्तोलसहित समातिए तीन जना

ललितपुरमा पेस्तोलसहित समातिए तीन जना

काठमाडौँ : सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिकाका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो।

उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

माघ २०, २०८२ मंगलबार २३:०७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।