टिसिएलको ‘एसके क्यूएलईडी’ गुगल टिभी नेपाली बजारमा सार्वजनिक

टिसिएलको ‘एसके क्यूएलईडी’ गुगल टिभी नेपाली बजारमा सार्वजनिक

काठमाडौं : टिसिएलले नेपाली बजारमा अत्याधुनिक ‘एस५के’ सिरिजको क्यूएलईडी गुगल टिभी सार्वजनिक गरेको छ।

नेपालका लागि आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत यो टिभी ३२ र ४३ इन्च साइजमा उपलब्ध हुनेछ।

युवा र गेमरहरूलाई लक्षित गरिएको यस टिभीमा क्यूएलईडी प्रविधि, उच्च कन्ट्रास्ट दिने एचभीए प्यानल र डल्बी अडियो सिस्टम रहेको छ।

गुगल अपरेटिङ सिस्टममा चल्ने यो स्मार्ट टिभीमा भ्वाइस कन्ट्रोल, गेम मोड र डुअल ब्यान्ड वाइ-फाइ जस्ता सुविधाहरू छन्।

मेटालिक बेजल-लेस डिजाइनमा आएको यस टिभीले प्रयोगकर्तालाई उत्कृष्ट दृश्य र ध्वनिको अनुभव दिने कम्पनीले जनाएको छ।

माघ २०, २०८२ मंगलबार १०:३१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।