सामान्य अङ्कले बढ्यो नेप्से, ८ अर्ब २२ करोडको कारोबार

सामान्य अङ्कले बढ्यो नेप्से, ८ अर्ब २२ करोडको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर दुई हजार ६९५ दशमलव  ७३ बिन्दुमा कायम भयो। 

विभिन्न ३३० कम्पनीका एक करोड ७५ लाख सात हजार ७७६ कित्ता सेयर ९१ हजार ६१ पटक खरिदबिक्री हुँदा आठ अर्ब २२ करोड ३९ लाख ६५ हजार ६६९ बराबरको कारोबार भयो।

विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। साथै एसवाइ प्यानल नेपाल लिमिटेड, श्रीनगर एग्रोटेक इन्ड्रस्टिज लिमिटेड र हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्यो। 

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा सोमबार सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको ४१ करोड ४९ लाख ९९ हजार ६६२ बराबरको १२ लाख ५२ हजार ६६९ कित्ता सेयर किनबेच भएको छ। 

माघ १९, २०८२ सोमबार १५:५६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।