नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै, आज प्रतितोला १३ हजार ४०० रुपैयाँले गिरावट

नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै, आज प्रतितोला १३ हजार ४०० रुपैयाँले गिरावट

काठमाडौं :नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर घटिरहेको छ।

पछिल्लो तीन दिनको अवधिमा मात्रै छापावाला सुनको मूल्य प्रतितोला ५२ हजार ७०० रुपैयाँले घटेको हो।

गत शुक्रबार एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले घटेको सुनको भाउ आइतबार पुनः १८ हजार ८०० रुपैयाँले ओरालो लागेको थियो।

आज सोमबार पनि सुनकाे मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला ३ लाख रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ।

महासंघका अनुसार आज चाँदीको भाउ तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २०० रुपैयाँ पुगेकाे छ। हिजो आइतबार चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

माघ १९, २०८२ सोमबार ११:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।