नयाँ सफ्टवेयर अपडेटसँगै हुन्डाई क्रेटा ईभीको रेन्ज बढ्ने दाबी
काठमाडौं : हुन्डाई नेपालले आफ्ना क्रेटा ईभी ग्राहकहरूका लागि ड्राइभिङ रेन्ज बढाउने उद्देश्यले नयाँ सफ्टवेयर अपडेटको घोषणा गरेको छ।
कम्पनीले गाडीको ब्याट्री म्यानेजमेन्ट सिस्टमलाई नेपाली सडक र ड्राइभिङ अवस्था अनुसार परिमार्जन गरेको हो।
यस नयाँ अपडेटपछि क्रे टा ईभीको रेन्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने कम्पनीले दाबी गरेको छ।
यसले दैनिक आवागमन र लामो यात्रामा प्रयोगकर्ताहरूलाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने विश्वास लिइएको छ।
हुन्डाई नेपालले सबै क्रे टा ईभी प्रयोगकर्ताहरूलाई आफ्नो नजिकको आधिकारिक सेवा केन्द्रमा गएर यो सफ्टवेयर अपडेट गराउन अनुरोध गरेको छ।
देशभर रहेका ६३ भन्दा बढी रिल्याक्स रिचार्ज नेटवर्क र बलियो टिममार्फत ग्राहकलाई उत्कृष्ट सेवा दिन आफूहरू प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
लक्ष्मी मोटर कर्पोरेसन अन्तर्गत रहेको हुन्डाई नेपालले नेपालकै एक मात्र चारपाङ्ग्रे सवारी साधन एसेम्ब्ली प्लान्टमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ।
माघ १९, २०८२ सोमबार १०:४२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।