पटक-पटक सांसद र मन्त्री बनेका विष्णु पौडेलको पुरानै वाचा, तिनाउको बाढी नियन्त्रण गर्ने भन्दै माग्दै छन् मत

पटक-पटक सांसद र मन्त्री बनेका विष्णु पौडेलको पुरानै वाचा, तिनाउको बाढी नियन्त्रण गर्ने भन्दै माग्दै छन् मत

बुटवल : एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीले विकासमा फड्को मार्ने पुरानै दाबी दोहोर्याएका छन्। रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार समेत रहेका पौडेलले  आइतबार बुटवल उपमहानगरपालिका वडा नम्बर ५ र ७ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै उनले रुपन्देहीले विकासमा फड्को मार्ने पुरानै दाबी दोहोर्याए। 

“हामी विकासलाई नारा होइन, नतिजाबाट प्रमाणित गर्छौं, त्यसैले रुपन्देहीको समग्र विकासबारे विज्ञ योजनाविद्हरूले अध्ययन गर्नुपर्छ”,उनले भने।

पौडेलले विकासलाई भावनात्मक नारामा सीमित नगरी अध्ययन, योजना र प्राथमिकतामा आधारित बनाइने तर्क समेत गरे। रुपन्देही–२ लाई शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरको केन्द्रका रूपमा विकास गरिने उनले दाबी समेत गरे। 

“हामी यो क्षेत्रलाई सबैभन्दा विकसित र व्यवस्थित जीवनशैलीको बस्ती बनाउँछौँ, यसका लागि स्पष्ट प्राथमिकता निर्धारण गरेर अघि बढ्छौँ,” पौडेलको दाबी थियो। 

रुपन्देहीबाट पटक-पटक सांसद भएर अर्थमन्त्री समेत बनेका उनले वडास्तरमै सडक, खानेपानी, ढल, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विकासका काम पूरा गर्ने गरी अगाडि बढ्ने दाबी गरेका थिए।

कार्यक्रममा पौडेलले तिनाउ नदी नियन्त्रण गरी बस्ती सुरक्षित गर्ने,  करिब साढे दुई अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋणमा सिग्नेचर पुल निर्माणको काम अघि बढेको बताएऽ​​​​​।

“अन्तर्राष्ट्रियस्तरका कन्सल्टेन्टहरूले पुलको डिजाइन गरिरहेका छन्, डिजाइन सकिएपछि टेन्डर प्रक्रिया अघि बढ्छ,” उनले भने, “यसका लागि बजेटको कुनै अभाव छैन, स्रोत सुनिश्चित भइसकेको छ।”

माघ १८, २०८२ आइतबार १७:२०:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।