युवा संघको अध्यक्षमा महाराज गुरुङ, थेबेले छाडे पद
काठमाडौँ : राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ। क्षितिज थेबेले प्रतिनिधि सभाको उम्मेदवार भएपछि शुक्रबारको बैठकले गुरुङलाई अध्यक्ष चयन गरेको हो।
एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरूको उपस्थितिमा भएको बैठकमा अध्यक्ष थेबेले उपाध्यक्ष गुरुङलाई नेतृत्व हस्तान्तरण गरेका थिए। सङ्घको गत जेठ १४ गते पोखरामा सम्पन्न दसौँ राष्ट्रिय महाधिवेशनबाट थेबे अध्यक्षमा निर्वाचित भएका थिए।
उनी फागुन २१ को निर्वाचनमा ताप्लेजुङबाट एमालेबाट उम्मेदवार बनेका छन्। अध्यक्षको जिम्मेवारी पाए लगत्तै गुरुङले पद तथा गोपनीयताको शपथ लिएका थिए।
माघ १६, २०८२ शुक्रबार १६:२९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।