सुनको मूल्य एकैदिन सुन २० हजार ५०० रुपैयाँले घट्यो

सुनको मूल्य एकैदिन सुन २० हजार ५०० रुपैयाँले घट्यो

काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। बिहीबार नयाँ रेकर्ड कायम गर्दै आकाशिएको सुनको भाउ शुक्रबार घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ तोकिएको छ।

हिजो सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेर ऐतिहासिक कीर्तिमान कायम गरेको थियो। हिजोको तुलनामा आज सुनको भाउ एकैदिन २० हजार ५०० रुपैयाँले सस्तो भएको हो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

हिजो चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो, जसको तुलनामा आज चाँदी प्रतितोला ४४० रुपैयाँले घटेको हो।

पछिल्लो केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज आएको यो गिरावटलाई बजारमा अर्थपूर्ण रूपमा हेरिएको छ।

माघ १६, २०८२ शुक्रबार १०:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।