मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा
काठमाडौं : मधेस प्रदेश सरकारले यही माघ १८ गते (आइतबार) प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो।
सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।
माघ १५, २०८२ बिहीबार २१:२२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।