प्रहरीको रासन रकम बढाउने सरकारको निर्णय
काठमाडौं : सरकारले नेपाल प्रहरीको रासन रकम बढाउने निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको रासनको रकम बढाउने निर्णय गरेको गृहमन्त्री तथा सरकारका प्रवक्ता ओमप्रकाश अर्यालले जानकारी दिए।
आगामी फागुन १ गतेदेखि लागू हुनेगरी रासन स्केल र दैनिक रकम बढाउने निर्णय गरेको उनले जानकारी दिए पनि कति बढेको छ सो भने खुलाएनन्।
माघ १५, २०८२ बिहीबार १७:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।