सिजीको ‘वर्ल्डकप योजना’का तेस्रो विजेता सार्वजनिक

सिजीको ‘वर्ल्डकप योजना’का तेस्रो विजेता सार्वजनिक

काठमाडौं : सिजी ब्रान्डले आफ्नो सिजीको साथमा, वर्ल्डकप टिकट हातमा ‘लेभल अप विथ सिजी’ योजना अन्तर्गत तेस्रो चरणका विजेता घोषणा गरेको छ। डिजिटल गोलाप्रथा मार्फत काठमाडौं, गणेशचोकका सुवर्ण खरेल बम्पर उपहारका लागि छनोट भएका छन्।

खरेलले बसुन्धरास्थित सिजी डिजिटल शोरुमबाट वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएका थिए। विजेताले पुरस्कार स्वरूप ५ दिने मुम्बई भ्रमणको पूर्ण प्याकेज प्राप्त गरेका छन्, जसमा मुम्बईको वानखेडे स्टेडियममा हुने टी(२० विश्वकप अन्तर्गत नेपालको एक खेल हेर्ने टिकट समेत समावेश छ।

कम्पनीका अनुसार यो योजना अझै जारी छ। इच्छुक ग्राहकले सिजीका उत्पादन खरिद गरी वारेन्टी कार्ड नम्बर र विवरणसहित ३१००३ मा एसएमएस पठाएर योजनामा सहभागी हुन सक्नेछन्। ४० वर्षदेखि नेपाली बजारमा क्रियाशील सिजी ब्रान्डले आगामी दिनमा पनि यस्ता प्रवर्द्धनात्मक योजना ल्याउने जनाएको छ।

माघ १५, २०८२ बिहीबार १४:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।