'डिशहोम गो'मा नेपाली चलचित्र ‘जय हो’ र ‘लाखे’ सार्वजनिक
काठमाडौं : डिजिटल प्लेटफर्म 'डिशहोम गो'मा दुई नेपाली फिल्म ‘जय हो’ र ‘लाखे’ सार्वजनिक भएका छ। दर्शकहरूले यी फिल्म नेपालभित्र २२५ रुपैयाँ र नेपाल बाहिर १.९९ अमेरिकी डलर भुक्तानी गरेर हेर्न सक्नेछन्।
टेक पौराखी राईद्वारा निर्देशित चलचित्र ‘जय हो’ सामाजिक अन्याय र भ्रष्टाचारविरुद्धको संघर्षमा आधारित एक्सन-ड्रामा हो। यसमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङको मुख्य अभिनय रहेको छ।
त्यस्तै, सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘लाखे’ नेपाली लोककथा र परम्परागत विश्वासमा आधारित छ। यसमा सौगात मल्ल, अर्पण थापा, आर्यन अधिकारी, अनुप बिक्रम शाही र वर्षा राउत लगायतका कलाकारहरूको अभिनय रहेको छ।
डिशहोम गो मोबाइल एप वा वेबमार्फत नेपाली तथा विदेशी चलचित्र, वेब सिरिज, टेलिभिजन कार्यक्रम र खेलकुद लगायतका सामग्रीहरू उपलब्ध गराउँदै आएको डिजिटल प्लेटफर्म हो।
माघ १५, २०८२ बिहीबार १४:३२:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।