सुन एकै दिन तोलामा २० हजारले बढ्यो
काठमाडौं : स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्यले नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि तोलामा २०५ रुपैयाँले वृद्धि भएको छ। आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला ७ हजार ५०५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ।
यसअघि बुधबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
बजारमा मूल्य लगातार उकालो लागिरहेको छ। अस्ति मंगलबार मात्रै सुनको मूल्य ३ लाख ९ हजार ३०० रुपैयाँ र चाँदी ६ हजार ८७० रुपैयाँ रहेको थियो।
माघ १५, २०८२ बिहीबार ११:०६:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।