तनहुँमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

तनहुँमा स्कुटर दुर्घटना हुँदा युवतीको मृत्यु

दमौली : पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका भरतपुर महानगरपालिका-१६ की २७ वर्षीया सुमित्रा थापाको मृत्यु भएको हो।

दुर्घटनामा स्कुटर चालक म्याग्दे गाउँपालिका-३ का २७ वर्षीय पुरन  मगर घाइते भएका छन्। उनको दमौलीस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

थापा र मगर सवार स्कुटर पोखराबाट दमौली आइरहेका थियो।

माघ १५, २०८२ बिहीबार १०:३५:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।