भरतपुरको नहरमा मोटरसाइकल खस्दा एकको मृत्यु
चितवन : चितवनको भरतपुर महानगरपालिका-१४ स्थित राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१६ का ४० वर्षीय विनोद सुवेदी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार मोटरसाइकल अनियन्त्रित भई नहरमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।
माघ १५, २०८२ बिहीबार ०९:०५:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।