पुनर्संरचनाको नाममा अमेजनमा ठूलो रोजगारी कटौती : थप १६ हजार कर्मचारी बाहिरिँदै
एजेन्सी : अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने भएको छ।
यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई-कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बुधबार बतायो।
वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराए। उनले भने, “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने’ हो।”
अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो।
योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ। यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन।
कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनका जनशक्ति कटौती कृत्रिम बुद्धिमत्ता (एआई)मा बढ्दो लगानीको बीच आएका हुन्।
अमेजनले बुधबार भर्खरको रोजगार कटौतीको कुनै पुष्टि गरेन। कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ।
माघ १४, २०८२ बुधबार २१:१२:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।