ग्लोबल आइएमईमा किओस्क मेसिनबाटै आफैँ खाता खोल्ने सुविधा

ग्लोबल आइएमईमा किओस्क मेसिनबाटै आफैँ खाता खोल्ने सुविधा

काठमाडौं : ग्लोबल आइएमई बैंकले सेवाग्राही स्वयंले मेसिन प्रयोग गरी बैंक खाता खोल्न सक्ने ‘किओस्क’ सेवा सुरु गरेको छ। बैंकले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर यो नयाँ प्रविधि सार्वजनिक गरेको हो।

हालका लागि यो सुविधा काठमाडौंको कमलादीस्थित बैंकको शाखा कार्यालयमा रहेको ‘डिजिटल युनिभर्स’ बाट मात्र उपलब्ध छ। यस प्रक्रियामा ग्राहकले किओस्क मेसिनमा आफ्नो विवरणहरू भरेर र आवश्यक कागजातहरू स्क्यान गरी प्रविष्ट गरेपछि तत्कालै बैंक खाता नम्बर प्राप्त गर्न सक्नेछन्।

यसअघि सोही डिजिटल युनिभर्समार्फत बैंकले मेसिनबाटै नगद र चेक जम्मा गर्ने सेवा प्रदान गर्दै आएको थियो। बैंकिङ प्रक्रियालाई थप सरल र प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको र भविष्यमा यसलाई अन्य स्थानमा पनि विस्तार गरिने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल यस बैंकले ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा र विभिन्न वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले हालै ‘बेष्ट बैंक नेपाल २०२५’ सहित विभिन्न अन्तर्राष्ट्रिय सम्मान समेत प्राप्त गरेको छ।

माघ १४, २०८२ बुधबार १५:१५:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।