सुनचाँदीको मूल्यमा ऐतिहासिक कीर्तिमान : सुन तोलाको ३ लाख १८ हजार, चाँदी ७ हजार ३ सय पुग्यो

सुनचाँदीको मूल्यमा ऐतिहासिक कीर्तिमान : सुन तोलाको ३ लाख १८ हजार, चाँदी ७ हजार ३ सय पुग्यो

काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्यले बुधबार नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन र चाँदी दुवैको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।

महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा एकैपटक ९ हजार ५०० रुपैयाँले बढी हो।

यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला ३ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आकाशिएको छ। मङ्गलबार प्रतितोला ६ हजार ८७० रुपैयाँ रहेको चाँदी आज ४३० रुपैयाँले बढेर प्रतितोला ७ हजार ३०० रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको भारी वृद्धिको प्रभाव नेपाली बजारमा परेको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा सुन प्रतिऔंस ५ हजार २०० अमेरिकी डलर र चाँदी प्रतिऔंस १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

माघ १४, २०८२ बुधबार ११:३५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।