महाराष्ट्रका उपमुख्यमन्त्री पवार चढेको विमान दुर्घटना, अवस्था सामान्य रहेको प्रारम्भिक जानकारी
काठमाडौं : भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का अध्यक्ष अजित पवार सवार विमान दुर्घटनामा परेको छ।
बुधबार बिहान मुम्बईबाट बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान करिब ८ः४५ बजे दुर्घटनामा परेको हो।
उपमुख्यमन्त्री पवार जिल्ला परिषद् निर्वाचनका लागि आयोजित एक सार्वजनिक सभामा सहभागी हुन त्यसतर्फ जाँदै थिए।
दुर्घटनाको यकिन कारण अहिलेसम्म खुल्न सकेको छैन। यद्यपि, प्रारम्भिक विवरणअनुसार विमान दुर्घटनामा परे पनि उपमुख्यमन्त्री पवार सकुशल रहेको सङ्केत मिलेको छ।
यसअघि पवारले मंगलबार मुम्बईमा मुख्यमन्त्री देवेन्द्र फडणवीसको अध्यक्षतामा बसेको महाराष्ट्र मन्त्रिपरिषद्को पूर्वाधार समितिको बैठकमा सहभागिता जनाएका थिए।
उक्त बैठकमा मन्त्री चन्द्रशेखर बावनकुलेलगायतका अधिकारीहरूको पनि उपस्थिति थियो।
माघ १४, २०८२ बुधबार १०:३२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।