मकवानपुरको सिमखोलामा सवारी दुर्घटना : एकको मृत्यु, दुई घाइते

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना : एकको मृत्यु, दुई घाइते

बागमती : कुलेखानी-काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२, सिमखोला पुल नजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ च ६७२१ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी सर्लाहीको बरहथवा नगरपालिका-१ का १७ वर्षीय रोहन मण्डलको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका बरहथवा नगरपालिका-१ कै २५ वर्षीय रामवली साह र १६ वर्षीय छोटे पासवानको काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

माघ ८, २०८२ बिहीबार ०८:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।