प्रतिनिधि सभाको चुनावमा ८८ वर्षसम्मका उम्मेदवार, ४० मुनिका एक हजार ८२

प्रतिनिधि सभाको चुनावमा ८८ वर्षसम्मका उम्मेदवार, ४० मुनिका एक हजार ८२

काठमाडौं :  फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि एक हजार ८२ जना उम्मेदवार ४० वा सो भन्दा कम उमेरको देखिएका छन्। २९ जना २५ वर्ष मुनिका उम्मेदवार  छन्। 

सात जना उम्मेदवार ८० वर्ष भन्दा माथिका देखिएका छन्। ८० माथिका उम्मेदवारमा धनकुटा–१ मा राष्ट्रिय परिवर्तन पार्टीबाट ८८ वर्षीय सालिक राम राइले उम्मेदवारी दिएका छन्। त्यसैगरी मोरङ–५ मा नेपाल मजदुर किसान पार्टीबाट ८७ वर्षीय गङ्गा कुमारी राजवंशी, मोरङ–५ बाटै ८३ वर्षे अमर कुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मोरङ–६ बाट उज्यालो नेपाल पार्टीका ८२ वर्षे वसन्त बुढाथोकीले उम्मेदवारी दिएका छन्। मोरङ–६ बाटै ८१ वर्षे राम खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यसैगरी खोटाङबाट राष्ट्रिय परिवर्तन पार्टीका ८१ वर्षे मिरेश राई उम्मेदवारी दिएका छन् भने सप्तरीबाट ८० वर्षे रामकुमारी खङले स्वतन्त्र उम्मेदवारी दिएकी छन्।

माघ ७, २०८२ बुधबार २३:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।