के इलाम-१ मा युवाले इतिहास रच्छन् ? | मिसन पुस्तान्तरण- १

२०८२ को निर्वाचन नजिकिँदै गर्दा 'जेनजी' (Gen-Z) आन्दोलनको रापले राजनीतिमा पुस्तान्तरणको बहसलाई तीव्र बनाएको छ। उकेराले यसपटक ४० वर्ष मुनिका युवा उम्मेदवारहरूको अवस्था र एजेन्डाबारे विशेष सिरिज सुरु गरेको छ।

पहिलो अंकमा हामीले इलाम क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार बनेका ३५ वर्षे निश्कल राईको राजनीतिक र सामाजिक यात्रालाई समेटेका छौँ।

शंकरदेव क्याम्पसको विद्यार्थी राजनीतिदेखि लागू औषध विरुद्धको सामाजिक अभियानसम्म सक्रिय राई, के इलामको विरासत जोगाउन सफल होलान्?

भिडियोमा के छ ?

-जेनजी आन्दोलन र २०८२ को निर्वाचनको सन्दर्भ।

-कांग्रेसको नेतृत्व पुस्तान्तरण र युवा उम्मेदवार चयन।

-निश्कल राईको शैक्षिक पृष्ठभूमि र राजनीतिक यात्रा।

-लागू औषध नियन्त्रणमा उनको सक्रियता र चुनावी एजेन्डा।

माघ ७, २०८२ बुधबार २२:२९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।