प्राविधिक समस्यापछि ट्रम्पको विमान फिर्ता
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमानमा प्राविधिक समस्या देखिएपछि एयर बेसमा फिर्ता भएको छ।
वर्ल्ड इकोनोमिक फोरमको बैठकमा सहभागी हुन स्विट्जरल्याण्डको दावोसतर्फ उडेको विमानमा खराबी देखिएको हो।
समाचार एजेन्सी एएफपीका अनुसार, ह्वाइट हाउसले उडान भरेको केही समयलगत्तै विमानलाई फिर्ता गरिएको पुष्टि गरेको छ।
अर्को समाचार संस्था एपीले ह्वाइट हाउसलाई उद्धृत गर्दै विमानमा सानो विद्युतीय समस्या देखिएको उल्लेख गरेको छ।
अब राष्ट्रपति ट्रम्प र उनीसँग रहेको भ्रमण टोली अर्को विमानमार्फत दावोसको यात्रामा निस्कने बताइएको छ।
माघ ७, २०८२ बुधबार ११:०५:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।