गैर दलीय चुनावी सरकारको तेस्रो मन्त्रीको राजीनामा, दुई रास्वपाको उम्मेदवार, एकको आफ्नै दल

गैर दलीय चुनावी सरकारको तेस्रो मन्त्रीको राजीनामा, दुई रास्वपाको उम्मेदवार, एकको आफ्नै दल

काठमाडौं : चुनाव गराउने म्यान्डेटसहित बनेको सुशीला कार्की नेतृत्वका तेस्रो मन्त्रीले राजनीति गर्न राजीनामा दिएका छन्। यस अगाडि कुलमान घिसिङ र बब्लु गुप्ताले राजीनामा दिइसकेका छन्। सोमबार अर्का मन्त्री  जगदीश खरेलले पनि राजीनामा पत्र बुझाए। आइतबारसम्म उनले आफू निर्वाचनमा उम्मेदवार हुने नहुने निर्णय नगरेको दाबी गर्दै आएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ललितपुर-२ बाट उम्मेदवार बन्ने पक्का भएपछि उनले सोमबार मध्यान्ह प्रधानमन्त्री कार्कीलाई भेटेर राजीनामा बुझाए। इमेज च्यानलमा कार्यरत पोखरेल नेपाली कांग्रेसको क्रियाशील सदस्य भए पनि सुशीलाले गैर दलीय सरकारमा सञ्चारमन्त्री बनाएकी थिइन्।

कुलमान ऊर्जामन्त्री थिए। उनले आफ्नै नेतृत्वमा पार्टी दर्ता गराए पनि मन्त्रीका रूपमा सक्रिय थिए। जब राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिसहित पार्टी एक हुने सहमति गरे त्यसपछि दबाब बढेर राजीनामा दिएका थिए। कुलमानको सिफारिसमा खेलकुदमन्त्री बनेका बब्लुले पनि सोमबारै राजीनामा बुझाए।

भाडाका आन्दोलनकारीका रूपमा परिचित बब्लुमाथि मन्त्रीका रूपमा राष्ट्रिय खेलकुद परिषद्मा जेनजी प्रतिनिधि नियुक्त गर्छु भनेर आर्थिक प्रभावमा परेर अन्यलाई नियुक्त गरेको र सदस्य सचिवका लागि रकम बार्गेनिङ गरेको आरोप लागेको थियो। उनी पनि रास्वपाबाट उम्मेदवार बन्ने पक्का भएपछि राजीनामा दिएर हिँडे। 

माघ ५, २०८२ सोमबार १८:३३:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।