बिदाइमा बालेन शाह नआएपछि कार्यपालिका राखेर सुनिताले दिइन् धन्यवाद

बिदाइमा बालेन शाह नआएपछि कार्यपालिका राखेर सुनिताले दिइन् धन्यवाद

काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संसदीय राजनीतिमा होमिने तयारीमा रहेका बालेन्द्र शाह (बालेन)ले राजीनामा दिएपछि उनलाई महानगरले औपचारिक कार्यक्रम गरेर बिदाइको तयारी गरेको थियो। तर बालेन महानगरमा आएनन्।

उनी महानगरमा नआएपछि कार्यवाहक भएर भएकी सुनिता डंगोलले कार्यपालिकाको बैठक राखेर बालेनको भावी यात्राको सफलताको शुभकामना दिइन्। उनले विशेष रूपको कार्यपालिका बैठक बोलाउनु परेको भन्दै बालेन्द्रले मेयर पदबाट दिएको राजीनामा आफूले पाएको भन्दै मेयरका रूपमा उनले गरेका कामका लागि धन्यवाद दिएकी थिइन्।

बालेन भने महानगर नआएर राजीनामा बुझाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय गएर वरिष्ठ नेताको कार्यकक्षमा गएर कार्यभार सुरु गरेर जनकपुर गएका थिए।

धरानका मेयर हर्क साम्पाङले भने महानगरपालिकाको कार्यपालिका बैठक राखेर उपमेयरलाई राजीनामा दिएका थिए।

माघ ४, २०८२ आइतबार २१:०४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।