धरानमा मेयर हर्क र वडाध्यक्ष भट्टराइको राजीनामा
विराटनगर : संसदीय राजनीतिका लागि धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पनि पदबाट राजीनामा दिएका छन्। सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबार कार्यपालिका बैठक राखेर उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा पत्र बुझाएका हुन्।
जेनजी आन्दोलनपछि फागुन २१ का लागि प्रतिनिधि सभाको निर्वाचन मिति तोकेपछि साम्पाङ श्रम संस्कृति पार्टी गठन गरेर त्यसको अध्यक्ष भएका छन्। नेपाली कम्युनिस्ट पार्टीबाट टिकट पाएपछि आइतबारै धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिए। उनी पनि सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्दै छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि आइतबारै राजीनामा दिएर चुनावी प्रचारका लागि आइतबार साँझ जनकपुर पुगेका छन्।
माघ ४, २०८२ आइतबार १९:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।