बालेनको स्वागतमा आएको भिड थाम्न नसक्दा विमानस्थलको ढोकै फुट्यो
जनकपुरधाम : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह जनकपुर पुग्दा विमानस्थलको सिसाको ढोकै फुटेको छ। आइतबार उनले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर पार्टी सभापति रवि लामिछानेसँगै पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका थिए।
शाहलाई स्वागतका लागि जनकपुर विमानस्थलमा भेला भएका रास्वपाका नेता तथा कार्यकर्ताको भिडले विमानस्थलको सिसाको ढोकै खुल्यो। समर्थकहरूबिच धकेलाधकेल हुँदा विमानस्थलको ढोका फुटेको हो।
माघ ४, २०८२ आइतबार १९:०३:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।