मेयर पदबाट बालेनको राजीनामा

मेयर पदबाट बालेनको राजीनामा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका छन्। रास्वपाको केन्द्रीय कार्यालयमा गएर आजै पार्टीको सभामा सहभागी हुने भएपछि उनले महानगरको उप-मेयर सुनिता डंगोललाई भेटेर राजीनामा दिएका हुन्।

बालेन रास्वपाबाट भावी प्रधानमन्त्रीको वाचासहित संसदीय राजनीतिमा प्रवेश गर्दैछन्। उनले झापा ५ मा उम्मेदवारी दिने तयारी गरेको भनिए पनि रास्वपाले निर्णय भने गरिसकेको छैन।

माघ ४, २०८२ आइतबार १५:४५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।