म्युजिक नेपालद्वारा देशकै पहिलो ‘डल्बी एट्मस’ स्टुडियो सञ्चालन
काठमाडौं : म्युजिक नेपालले करिब १० करोड लगानीमा मुलुककै पहिलो डल्बी एट्मस प्रमाणित पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ। गौशालास्थित पिंगलास्थानमा निर्मित अत्याधुनिक स्टुडियोको शुक्रबार औपचारिक उद्घाटन गरियो।
दक्षिण एसियाकै उत्कृष्ट १० भित्र पर्ने स्टुडियोमा ३२.१ च्यानलको अत्याधुनिक ध्वनि प्रणाली रहेको कम्पनीको दाबी छ। यसले नेपाली फिल्मलाई हलिउड र बलिउड स्तरको ‘थ्री-डी’ ध्वनि गुणस्तर प्रदान गर्नुका साथै पोस्ट-प्रोडक्सनका लागि विदेश धाउनुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास गरिएको छ।
स्टुडियोमा सम्पादन, डीआई र रेकर्डिङका सम्पूर्ण सुविधा उपलब्ध छन्। फिल्मकर्मीलाई प्रोत्साहन गर्न म्युजिक नेपालले सुरुवाती ग्राहकलाई ५० प्रतिशतसम्म विशेष छुटको समेत घोषणा गरेको छ।
माघ ३, २०८२ शनिबार १८:१३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।