काठमाडौंका महाराजगञ्ज, बालुवाटार र लाजिम्पाटसहितका स्थानमा आज ३ घण्टा बत्ती जाने

काठमाडौंका महाराजगञ्ज, बालुवाटार र लाजिम्पाटसहितका स्थानमा आज ३ घण्टा बत्ती जाने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न मुख्य स्थानहरूमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म बत्ती जानेछ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत राष्ट्रपति भवन शीतल निवास क्षेत्रमा वितरण प्रणाली भूमिगत (अन्डरग्राउन्ड) गर्ने कार्य भइरहेको छ।

साथै, भूमिगत भइसकेका केबलमा प्राविधिक उपकरण जडान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म साङ्ग्रिला होटल अगाडि, लाजिम्पाट र पानीपोखरीका विभिन्न क्षेत्र, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) आसपासका क्षेत्र, राष्ट्रपति भवन (शीतल निवास), नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र नेपाल प्रहरी अस्पताल आसपास तथा बालुवाटार, चुनदेवी तथा पञ्चकन्या आसपासका क्षेत्रहरूमा विद्युत आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले सूचना जारी गर्दै विद्युत् कटौतीबाट पर्न जाने असुविधाप्रति क्षमा मागेको छ। साथै, तोकिएको समय अगावै काम सम्पन्न भएमा निर्धारित समयभन्दा अघि नै लाइन सुचारु हुन सक्ने पनि जानकारी दिइएको छ।

माघ ३, २०८२ शनिबार ०७:४८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।