कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै

कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा हिमपातको सम्भावना, तराईमा हुस्सु कायमै

काठमाडौं : नेपालमा हाल उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि केही प्रदेशमा मौसम बदलिने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। यस्तै, तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लाग्नेछ।

आज राति पनि तराईमा हुस्सु लाग्ने र पहाडी तथा हिमाली क्षेत्रको मौसम सफा रहने पूर्वानुमान छ।

बिहानको समयमा लाग्ने हुस्सु र कुहिरोका कारण जनजीवन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

माघ ३, २०८२ शनिबार ०७:३८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।