आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी भेगमा आंशिक बदली

आजको मौसम : तराईमा हुस्सु, उच्च पहाडी भेगमा आंशिक बदली

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

यद्यपि, तराईका केही स्थानहरूमा भने हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।

त्यस्तै, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने र बाँकी स्थानको मौसम सफा रहने पूर्वानुमान गरिएको छ। राति पनि तराईका क्षेत्रमा हुस्सुको प्रभाव कायमै रहन सक्नेछ।

तराईमा लाग्ने हुस्सुका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्यटन तथा हवाई र सडक यातायातमा समेत आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैसँग अनुरोध गरेको छ।

माघ २, २०८२ शुक्रबार ०७:१७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।