जेनजी मिराजले गरे विप्लवसँग सहकार्य, चार बुँदे सहमति
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच जेनजी विद्रोहका मागहरू पुरा गर्न सङ्घर्ष गर्नेलगायत चार बुँदे सहमति भएको छ।
सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि सङ्घर्ष गर्ने, आन्दोलन र जनताको चाहना बमोजिम संविधान संशोधन, स्थिर सरकार र भ्रष्टाचार विरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने जस्ता विषय समावेश सहमति पत्रमा नेकपाका महासचिव चन्द र संयोजक ढुङ्गानाले बिहीबार माइतीघर मण्डलामा हस्ताक्षर गरे। ढुङ्गाना नेतृत्वको समूह पछिल्लो केही दिनदेखि विभिन्न माग राखी माइतीघर मण्डलामा धर्नामा बस्दै आएको छ।
माघ १, २०८२ बिहीबार २०:५१:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।