पहिलो पटक एकै मञ्चमा उभिँदै छन् रवि र बालेन

पहिलो पटक एकै मञ्चमा उभिँदै छन् रवि र बालेन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी माघ ५ गते जनकपुरमा 'अभियान उद्घोष सभा' आयोजना गर्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त सभाको तयारीबारे जानकारी दिँदै कार्यक्रमको राजनीतिक महत्वबारे प्रष्ट पारे।

प्रवक्ता झाका अनुसार उक्त सभामा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह पहिलो पटक एउटै राजनीतिक मञ्चमा संयुक्त रूपमा उपस्थित हुनेछन्। रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्दै एकता सम्झौता गरेपछि चुनावी अभियानअन्तर्गत उक्त कार्यक्रम तय गरेको झाले बताए।

प्रवक्ता झाले भने, ‘माघ ५ गते जनकपुरमा आयोजना हुने उद्घोष सभामा पार्टीका सभापति रवि लामिछाने र पार्टीको निर्वाचन अभियानअन्तर्गत भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरिएका बालेन्द्र शाह पहिलो पटक संयुक्त रूपमा एउटै राजनीतिक सभामा सार्वजनिक हुनेछन् ।’

उनले उक्त कार्यक्रम पार्टीका लागि मात्रै नभई समग्र नेपाली राजनीतिका लागि पनि महत्त्वपूर्ण हुने अपेक्षा गरिएको बताए। यसैबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन निकट सस्मित पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार आयोजित एक विशेष कार्यक्रममा पोखरेलले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्।

माघ १, २०८२ बिहीबार १९:३०:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।