फिल्म ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदै छु नौ डाँडा काटेर’ सार्वजनिक

फिल्म ‘आ बाट आमा’को नयाँ गीत ‘जाँदै छु नौ डाँडा काटेर’ सार्वजनिक

काठमाडौं : आगामी माघ १६ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘आ बाट आमा’को नयाँ गीत सार्वजनिक गरिएको छ। माघे संक्रान्तीको अवसर पारेर निर्माण टिमले ‘जाँदै छु नौ डाँडा काटेर’ बोलको गीत सार्वजनिक गरेको हो।

परदेशिन लागेको युवकको भावना र बिछोडको पीडा समेटिएको यस गीतमा किरण परियारको स्वर रहेको छ। अभि सुनारको शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन्। गीतको भिडियोमा अभिनेता पल शाह, बिपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती र सिम्रन पन्त फिचर्ड छन्।

चन्द्र पन्तको लेखन तथा निर्देशनमा तयार भएको यस फिल्ममा पल शाह र बिपना थापासँगै गजित विष्ट, बेगम नेपाली लगायतका कलाकारको मुख्य भूमिका छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको ल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन्।

यसअघि सार्वजनिक फिल्मको अर्को गीत ‘लैजा खबर ए हावा’ले निकै चर्चा पाएको थियो। फिल्मलाई नेपालभर आरआर फिल्म्सले वितरण गर्दै छ भने यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

माघ १, २०८२ बिहीबार १८:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।